थाइल्यान्ड । थाइल्यान्डका एक टाटु कलाकार आठ ओटा पत्नीसँग एउटै घरमा मिलेर बस्ने खुलासा गरेपछि उनी चौतर्फी चर्चामा छन् । परम्परागत यन्त्र शैलीका टाटु विज्ञ ओङ दाम सोरोट हालसालै एक जना प्रसिद्ध हास्य कलाकारसँग आफ्नो विवादास्पद वैवाहिक अवस्थाबारे एउटा कार्यक्रममा अन्तर्वाता दिएपछि उनको अनलाइन चर्चा बढेको हो । सोरोटले आठ ओटा विवाह गरेका छन् र…