श्रीलंकामा बाढीका कारण कम्तीमा ५६ जनाको ज्यान गयो, २१ जना बेपत्ता

काठमाडौं । श्रीलंकामा लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले एक हप्तादेखि ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । देशका विभिन्न ठाउँमा फैलिएको विपत्तिमा कम्तीमा ५६ जनाको ज्यान गएको छ भने २१ जना अझै हराइरहेका बीबीसीले जनाएको छ । हालैका वर्षहरूमा देखिएका मौसमसम्बन्धी विपत्तिहरूमध्ये यो सबैभन्दा ठूलो मध्ये एक मानिएको छ । श्रीलंकाको डिजास्टर…