युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेन : डब्लुएचओ

काठमाडौं । हमास र इजरायलबीच गाजामा युद्धविराम भएपछि पनि भोकमरीको अवस्था कम हुन नसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । युद्धविरामपछि गाजामा जाने सहायताको मात्रामा थोरै सुधार भएको तर भोकमरीको अवस्थामा खासै कमी नआएको डब्लुएचओले जनाएको हो । सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेसियसले जेनेभामा पत्रकारसँग बोल्दै अवस्था अहिले पनि भयावह नै रहेको बताए…