काठमाडौं । अमेरिका र अस्ट्रेलियाले दुर्लभ खनिज आपूर्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । संवेदनशील खनिजमा चीनको एकाधिकारलाई चुनौती दिने विकल्पका रूपमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्रेलियासँग नयाँ सम्झौता गरेका हुन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थाेनी अल्बानीजले आफ्नो देशको उत्खनन र प्रशोधन क्षमता बढाउन सघाउ पुर्याउने साढे आठ अर्ब अमेरिकी डलर लागतको पाइपलाइन निर्माणमा सहयोग गर्ने विषय पनि…