इजरायली सेनाले गाजामा गरेको आक्रमणमा ८१ जनाको मृत्यु भएको छ । मारिनेमा अधिकांश बालबालिका रहेका छन् । गाजाको सबैभन्दा ठुलो एन्क्लेभ शहर केन्द्रित गरी गरिएको आक्रमणमा ५० जना भन्दा बढी घाइते भएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गाजा शहर पुन कब्जा गर्ने इजरायली योजना सार्वजनिक भएको केही समयमा नै इजरायली सेनाले आक्रमण गरेको हो…