काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुग्लिङ–नारायणगढ सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको र हटाउन आवश्यकभन्दा बढी नै उपकरण परिचालन गरिएको बताएका छन् । बिहीबार (असोज ९) सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा उनले ठूलो सुक्खा पहिरो खस्दा सडक सञ्चालनमा अवरोध सिर्जना भएको उल्लेख गरे । उनका अनुसार, पहिरो खसिरहने भएकाले राति काम गर्न सकिने…