काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गरेको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आज बसेको सरोकारवाला र यातायात व्यवसायीको बैठकले अहिलेको विषम परिस्थिति र चाडपर्वका बेला यात्रालाई सुरक्षित र सहज बनाउन समिति गठन गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठन भएको समितिमा प्रहरीको राजमार्ग…