कैदीबन्दी भगाउन सहयोग गरेको आरोपमा १४ जना पक्राउ

पर्वत । जिल्ला कारागार पर्वतमा जेलजीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका निम्ति थुनामा रहेका बन्दीलाई भगाउन सहयोग गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्जतसहित भगाएको भन्दै प्रहरीले शनिबार (भदौ २८) एक महिलासहित १४ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी…