काठमाडौं । बृहत नागरिक आन्दोलनले नेपाली सेनाको मध्यस्थतामा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र स्वीकार्य नहुने प्रष्ट पारेको छ । बृहत नागरिक आन्दोलनले बिहीबार विज्ञप्ति जारी गरेर राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र स्वीकार्य नहुने प्रष्ट्याएको हो । प्रतिक्रान्तिलाई परास्त गरौँ भन्दै विज्ञप्तिको सुरूवातमै लेखिएको छ, ‘अहिले के स्पष्ट हुँदैछ भने जेन–जीको आन्दोलनका शहीदहरूको लाशमाथि…