टेकु दोभानमा पौडी खेल्दा बालक बेपत्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१२, टेकु दोभानस्थित वंशिघाट बाग्मती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका ८ वर्षीय बालक सुदीप गौतमको खोजीकार्यका लागि सशस्त्र प्रहरी परिचालित भएको छ। बालक भदौ ७ गते दिउँसो करिब साढे २ बजे नदीमा पौडी खेल्दै गर्दा बेपत्ता भएको जानकारी प्राप्त भएको थियो। सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलवाराही गण, काठमाडौँबाट…