काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आज मालपोत कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो । जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना…