काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युतको लाइन भूमिगत गर्नका लागि होरिजेन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौँको बबरमहलमा खानेपानीको पाइप फुटेको छ । खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेपछि बुधबार दिउँसोदेखि बबरमहल क्षेत्र जलमग्न भएको हो । खानेपानीको पाइप फुटेको खबर सुनेलगत्तै खानेपानी मन्त्री प्रदीप यादवले बबरमहल क्षेत्रमा पुगेर अवस्थाको निरीक्षण गरेका छन् । पानीको ठूलो बहाव…