काठमाडौँ । सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा शनिबार बिहान आकस्मिक रूपमा भएको आगलागी नियन्त्रणमा आएको छ । आगो मन्त्री प्रदीप यादवको कार्यकक्षमा देखिएको थियो। प्रहरी र सेनाको तत्काल प्रयासपछि आगो नियन्त्रणमा लिइएको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहराका अनुसार आगलागीबाट केही महत्त्वपूर्ण कागजात जलेको देखिएको छ। ‘मन्त्रीज्यूकै कार्यकक्षमा आगलागी भएको छ। अहिले आगो नियन्त्रण…