काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहको छ…