विदेश भ्रमणमा मनोनयन कर्मचारीको विवरण माग

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, र सम्बन्धित सरकारी निकायहरूलाई विदेश भ्रमणमा मनोनयन भएका कर्मचारीहरूको विस्तृत विवरण तत्काल उपलब्ध गराउन परिपत्र जारी गरेको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले माग गरेको विवरण उपलब्ध गराउन भन्दै विभिन्न सरकारी निकायहरूबाट अध्ययन, तालिम, र अध्ययन भ्रमणका लागि मनोनयन भएका कर्मचारीहरूको विवरण अनिवार्य रूपमा…