क्याम्पस प्रमुखको गोली हानी हत्यापछि फरार मुख्य अभियुक्त पक्राउ

बारा । कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या गरी फरार रहेका मुख्य अभियुक्त पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका-२ घर भएका ४१ वर्षीय सुरेन्द्र प्रसाद कुशवाहा रहेका छन् ।  आदर्शकोतवाल गाउँपालिका-२ खजुरीया भन्ने ठाउँमा गत जेठ ३२ गते साँझ हरिभुषणको गोली हानी हत्या भएको घटनामा…