सीआईबीका दुई जना डीएसपी हेडक्वार्टर तानिए

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत दुई जना डीएसपीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ । डीएसपीहरु रुगमबहादुर कुँवर र दुर्गा दाहाललाई प्रधान कार्यालयमा फिर्ता बोलाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उनीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । उनीहरूमाथि ६० किलो…