काठमाडौं । काठमाडौंको ठमेलस्थित नेपालय होम होस्टलमा एकजना चिनियाँ नागरिक मृत फेला परेका छन् । यही १० माघदेखि काठमाडौं–१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा बस्दै आएका चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ मृत अवस्थामा फेला परेका हुन् । शनिबार मृत अवस्थामा फेला परेपछि होस्टलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल…