काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले आफ्नो राष्ट्रिय दिवस (ईद अल इतिहाद)का अवसरमा त्यहाँका विभिन्न कारागारमा रहेका २६७ नेपाली कैदीको सजाय माफ गरिदिएको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गदै सो विषयमा जानकारी दिएको हो । ‘यूएईको ५४औँ राष्ट्रिय दिवस (ईद अल इतिहाद)को शुभ अवसरमा २६७ नेपाली कैदीहरूलाई उदारतापूर्वक दिइएको माफीको लागि नेपाल सरकार…