काठमाडौं । विशेष अदालत काठमाडौंले सेवाग्राहीसँग घुस लिएको भन्दै ताप्लेजुङ मालपोत कार्यालयकी तत्कालीन अधिकृत पनेरु महतलाई भ्रष्टाचारी ठहर गरेको छ । शुक्रबार विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासलेले अधिकृत पनेरुले सेवाग्राहीसँग घुस लिएको ठहर गरेको हो । घुस लिँदालिँदै पक्राउ परेकी महतलाई अख्तियारले २०७९ असार २४ गते विशेष अदालत काठमाडौंमा मुद्दा…