विभिन्न स्थानमा ४ जना मृत फेला

काठमाडौँ । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । काठमाडौँकाे बुढानीलकण्ठ नगरपालिका-१३ सापाटारमा सोही ठाउँ बस्ने भोजपुर घर भएकी ५० वर्षीया टिकामाया लिम्बु सोमबार मृत अवस्थामा फेला परेकी हुन् । त्यसैगरी मकवानपुरको हेटौँडा उपमहानगरपालिका-२ संगमचोकस्थित मानिस नबस्ने पुरानो घरमा सोही उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ४५ वर्षीय राजु गुरुङ…