बालकुमारी घटनाकाे विरोधमा वीरेन्द्रनगरमा चर्कियो आन्दोलन

सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर आइतबार वीरेन्द्रनगरमा पुनः आन्दोलन चर्किएको छ । आन्दोलनकारीले सवारी साधन ठप्प गर्दै राजधानीको मुख्य सडक चक्काजाम गरेका छन् । रत्न राजमार्ग अन्तर्गत एरिचोक–मंगलगढी चोकको अवस्था अहिले तनावग्रस्त छ । त्यहाँ कुनैपनि सवारी साधनहरू चलिरहेका…