काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा निर्माण हुन लागेको विद्युत् सबस्टेशनको सुरक्षाका लागि प्रहरी पोष्ट राख्न गएको सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। लप्सीफेदी क्षेत्रको सुरक्षाका लागि प्रहरी पोष्ट राख्ने सरकारको निर्णयअनुसार शुक्रबार साँझ प्रहरी पोष्ट स्थापना गर्न गएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेका थिए। आक्रमणबाट केही प्रहरी घाइते भएका छन्। जिल्ला प्रहरी…