वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको निधन

काठमाडौं । वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको मंगलबार निधन भएको छ । हर्निया रोगबाट पीडित मानन्धरको उपचारका क्रममा बयोधा अस्पतालमा निधन भएको हो । जीवनको उत्तरार्धमा पनि साहित्य सिर्जनामा नै निरन्तर सक्रिय मानन्धरलाई बाल साहित्य रत्न उपाधिबाट सम्मानित गरिएको थियो । उनी नेपाली बाल साहित्यका सर्जक, प्रवर्धक, प्रकाशक, अनुवादक, अन्वेषक, प्रचारक र प्रसारक समेत थिए…