नागपञ्चमी : चाँगुनारायणसँगै विभिन्न मन्दिरमा मेला, नाग पोखरीमा दूधको अभिषेक

काठमाडौं । नागपञ्चमीमा विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक एवं धार्मिक महत्वको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि मेला लागेको छ । हरेक वर्षको नागपञ्चमीमा जस्तै मन्दिरमा आज दर्शनार्थीको बिहानैदेखि भीड लागेको पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिए । साउन शुक्ल पञ्चमीका दिन लाग्ने यस मेलामा चाँगुनारायणलाई गाईको दूध, घ्यु, दुबो तथा रायोको गेडा चढाउनाले घरखेतमा नागले दुःख नदिने, धनधान्य…