सुनसरी र मोरङमा आरीघोप्टे वर्षा, बाढीको चेतावनी

काठमाडौं । सुनसरीको तरहरा र मोरङको हरैँचा, विराटनगरलगायत आसपासका क्षेत्रमा आरीघोप्टे वर्षा भएको छ । गएकाे तीन घण्टामा भएको आरीघोप्टे वर्षाका कारण त्यस क्षेत्र भएर बग्ने नदीहरूको बहाव बढ्ने जोखिम रहेको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ । आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरिएकाे छ । केन्द्रले सूचना निकालेर सिंघीया खोला,…