सल्यान । सल्यानको शारदा नगरपालिकामा एक महिलाको हत्या भएको छ । आइतबार बिहान घाँस काट्न गएकी शारदा नगरपालिका-१४, ढारखानीकी ४७ वर्षीया उर्मिला गिरीको मकैबारीमा हत्या भएको हो । मकैबारीमा हत्या गरिएको अवस्थामा उर्मिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए । खनालका अनुसार गिरीको घाँटी रेटिएको अवस्थामा शव…