काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जना पक्राउ परेका छन् । मोरङकाे विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २१ वर्षीय बसन्त बस्नेत र भोजपुर रामप्रसादराई गाउँपालिका-४ बस्ने २५ वर्षीय प्रजा कुमार राई रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो…