तुलसीपुरमा जिप दुर्घटना हुँदा ६ जना गम्भीर घाइते

दाङ । दाङमा यात्रुवाहक जिप दुर्घटना भएको छ । आज बिहान तुलसीपुरदेखि रोल्पाको ओत जाँदै गरेको रा १ ज ५५६ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका-३ शिरखोलामा दुर्घटना भएको हो । जिप सडकबाट ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् र तीमध्ये ६ जनाको अवस्था गम्भीर छ…