काठमाडौं । काठमाडौं, धादिङ र कञ्चनपुरबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । काठमाडौंकाे दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित रौतहट कटहरिया नगरपलिका-१ मसेरुवा बस्ने २४ वर्षीय दुर्गा दासलाई प्रहरीले पक्राउ गरेको छ । रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज. ०२९२ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त पदार्थसहित…