काठमाडौं । न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए । गिरी कपिलवस्तु जिल्ला अदालतमा कार्यरत थिए । पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी हुन् । गिरीलाई अनुसन्धान र कारवाहीका लागी कपिलवस्तुमा पठाइने भएकाे छ…