काठमाडौं । अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै प्रलाेभन देखाएर लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्रेकाे छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई ललितपुरस्थित सातदोबाटोबाट आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीय योगेशराज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका-१ घर भई काठमाडौं…