काठमाडौँ । पाटन उच्च अदालतको एकै इजलासले एकै दिन बलात्कारका तीन प्रतिवादीलाई थुनामुक्त गर्ने आदेश दिएको छ । जिल्ला अदालतहरूले थुनामा पठाउने आदेश गरेकोमा ती आदेश बेरितको भन्दै पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरीश्वर भण्डारीको इजलासले गत बिहीबार यस्तो आदेश दिएको हो । दिवाकर रिजाल प्रतिवादी भएको मुद्दामा काठमाडौं जिल्ला अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश…