काठमाडौँ । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई विपक्षी बनाइएको बढुवासम्बन्धी सबै रिटको सुनुवाई जेठ ३० गते गर्ने भएको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको इजलासले सिंहविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका विषयमा परेको रिट र प्रहरी महानिरीक्षक (आईजी) बढुवाको विषयमा परेको रिटलाई सँगै राखेर जेठ ३० गते सुनुवाई गर्ने आदेश दिएको…