नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव सम्पन्न

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उमहानगरपालिका–२ स्थित हनुमानगढीमा आयोजित तीनदिने महोत्सव सम्पन्न भएको छ । हनुमान जन्मोत्सवका अवसरमा आइतबारदेखि सुरू भएको महोत्सव आज झाँकीसहित निकालिएको शोभायात्रापछि भण्डारा तथा प्रसाद ग्रहण गरेसँगै सम्पन्न भएको मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदीप भट्टराईले जानकारी दिए । शोभायात्रामा नेपाल र भारतका सयौँ श्रद्धालु तथा सन्तमहन्थको सहभागिता रहेको थियो ।…