सर्लाही । सर्लाहीको धन्कौलका १३ घर आगलागि पीडितहरुको विचल्ली भएको छ । एक साताअघि धन्कौल गाउँपालिका–५ हरकठवामा भएको भिषण आगलागीबाट १३ विपन्न परिवारकाे घरबार खरानी भएको थियो । आगलागीबाट घरबास गुमाएका उनीहरू अचेल त्रिपाल टागेर बसिरहेका छन् । चर्को घाममा दिनरात त्रिपालमुनि बस्नु पर्दा बालबालिका वृद्धवृद्धा र बिरामीलाई निकै मुस्किल हुने गरेको पीडितहरूको गुनासो छ…