‘क्रिसमस डे’मा राष्ट्रपतिकाे शुभकामना, आज सार्वजनिक बिदा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्वको माध्यमबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको जनाएकी छन् । इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुने बताएकी हुन् । क्रिसमस डेजस्ता पर्वले सबै…