भक्तपुर । तपाईले खेतका किरा फट्यांग्रालाई खाना खुवाउने परम्परा कतै सुन्नु भएको छ । पक्कै पनि देख्नु वा सुन्नु भएको छैन होला । तर आज भक्तपुरका स्थानीय नेवार समुदायले खेतका भ्यागुतोलाई खाना खुवाउने गरेका छन् । प्रत्येक वर्ष श्रावण शुक्लपक्षका दिन पर्ने जनै पूर्णिमा अर्थात गुन्हीपुन्हीमा यहाँका स्थानीयले खेतका भ्यागुतो अर्थात् ब्यान्चालाई खाना खुवाउने गर्दछन्…