काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले महोत्तरीको बर्दिबासका रेलवेको जग्गा पीडितलाई दिइएको मुआब्जा समय सापेक्ष नभएको भए पूनरावलोकन गर्न पहल गर्ने बताएका छन् । राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल, पूर्वमन्त्री एवं त्यहाँबाट प्रतिनिधित्व गर्ने संघीय सांसद माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल, बर्दिबास नगरपालिकाका नगर प्रमुख बिदुर कार्कीसहित सबै राजनीतिक दलका प्रतिनिधिसहित पीडित किसानले गृहमन्त्रालयमा…