२२० केभीका ३ वटा सबस्टेसन र कोसी करिडोर प्रसारण लाइन सञ्चालन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले एकैदिन २२० किलो भोल्ट (केभी)का तीनवटा सबस्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ । २२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सबस्टेसनमा क्रमश: २६० एमभिए र ६० एमभिए क्षमताका पावर…