काठमाडौं । संयुक्त राज्य अमेरिकाले सातौं संविधान दिवसका अवसरमा नेपाललाई शुभकामना सन्देश पठाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकी सरकार तथा नागरिकको तर्फबाट १९ सेप्टेम्बर अर्थात ३ असोजको संविधान दिवसको विशेष दिनमा नेपालीहरूमा बधाई तथा शुभकामना दिएका छन् । शुभकामना सन्देशमा विदेशमन्त्री एन्टोनीले गएको बर्ष नेपाल र अमेरिकाको सम्बन्ध अझै सुमधुर भएको उल्लेख गरेका…