काठमाडौँ । अस्ट्रेलियाले तालिवान सरकारको महिला अधिकारप्रतिको अडानका कारण अफगानिस्तानसँग कुनैपनि द्विपक्षीय क्रिकेट नखेल्ने बताएको छ । अस्ट्रेलियाले महिला र बालिकाको मानव अधिकारमा उल्लेखनीय ह्रास आएको भन्दै अफगानिस्तानसँग तीन पटक द्विपक्षीय शृङ्खला खेल्न अस्वीकार गरेको क्रिक इन्फोले जनाएको छ । गएको महिना भएको ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई हराएपछि अस्ट्रेलियाका खेलाडी उस्मान ख्वाजाले क्रिकेट अस्ट्रेलियाको अडान…