काठमाडौँ । जर्मनीको क्लब बायर्न म्युनिखले भिन्सेन्ट कम्पनीलाई आफ्नो मुख्य प्रशिक्षक बनाएको घोषणा गरेको छ । कम्पनीले बायर्न म्युनिखसँग तीन बर्षको सम्झौता गरेका हुन् । साथै बायर्नले कम्पनीलाई प्रशिक्षक बनाउन बर्नलीलाई १२ मिलियन युरो तिर्न सहमत भएको छ । यस सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको बर्नलीका प्रशिक्षक रहेका कम्पनीको क्लबमा २०२८ सम्म सम्झौता रहेको थियो…