बैंगलुरुमाथि कोलकाताको शानदार जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ७ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले दिएको १८३ रनको लक्ष्य कोलकाताले १६.५ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो । कोलकाताको जितमा सुनिल नारन आक्रामक ४७ र वैंकटेस अय्यरले अर्धशतक बनाएका थिए ।  त्यस्तै कप्तान श्रेयस अय्यरले अविजित…