क्रिकेट रंगशालाको प्रारम्भिक प्रतिवेदन : भौतिक प्रगति १४ प्रतिशत, ५१ करोड खर्च

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ । रंगशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले युवा तथा खेलकुद मन्त्रालयमा पेस गरेको छ । रंगशाला निर्माणमा पर्याप्त आर्थिक सहयोग उपलब्ध हुन छाडेपछि रंगशाला निर्माणकर्ता धुर्मुस सुन्तली फाउण्डेशनले रंगशालाको स्वामित्व ग्रहण गरिदिन २ पुसमा महानगरलाई…