काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिएर 'अपडेट' भइरहन नेपाली दूतावासहरूलाई निर्देशन दिएकी छन् । लेबनान र इजरायल हेर्ने नेपाली राजदूतहरूसँग 'भर्चुअल' बैठक गरेर उनले पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएकी थिइन् । बैठकमा मन्त्री राणाले पछिल्लो समयमा विशेषगरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा…