एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने

काठमाडौं । हालै दुई समूहबिच एकीकरण भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति र स्थान औपचारिक रूपमा तय गरेको छ । काठमाडौंमा हुने उक्त महाधिवेशन एकताको हुनेछ । एकतापछि गठित स्टेरिङ कमिटीको आइतबार बसेको दोस्रो बैठकले फागुन ११, १२ र १३ गते (सन् २०२६ फेब्रुअरी २३, २४ र २५) महाधिवेशन गर्ने…