‘विपद्बारे सञ्चारमाध्यममार्फत पूर्वसूचना दिइने’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिको न्यूनीकरण गर्न रेडियो नेपालबाट सूचना र दूरसञ्चार सेवा प्रदायकमार्फत एसएमएसद्वारा पूर्वसूचना दिइने बताएकी छन् । निजी तथा सामुदायिक रेडियो, टेलिभिजन र इन्टरनेट सेवा प्रदायकलाई पनि यसप्रकारको पूर्वसूचना दिने व्यवस्था मिलाउन आग्रह गरिएको उनले बताइन् । उनले प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ को…