गाउँ छिर्ने तयारीमा माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गाउँगाउँमा जनताको घरमा जाने बताएका छन् । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा बोल्दै उनले यसपछि बस्ने केन्द्रीय समिति बैठकपछि आफू देशभर जनतामा जाने बताए । प्रचण्डले जनसम्बन्ध विस्तारको लक्ष्यसहित आफू जनतामाझ जाने बताएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । सङ्गठन विस्तार, नेता तथा तल्ला…