कलैया । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १०औं महाधिवेशनका लागि बारामा प्रतिनिधि छनौट मनोमानी रुपमा भएको छ । पार्टीको विधि, विधान र प्रक्रियालाई लत्याउँदै मनोमानी प्रतिनिधि छनौट गरिएपछि पार्टीकै नेताहरुले बहिष्कार गरेका छन् । बाराको परवानीपुर–५, बहुअरीस्थित धर्मशालामा आज बारा क्षेत्र नं. ४ को प्रतिनिधि चयन गर्ने भनिएको थियो । प्रतिनिधि छनौट प्रक्रिया अन्तरगत मंगलबार…